बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘आउँसँगै झुमी नाचौँ’मा मल्लिकाको हट अवतार

मङ्गलबार, १७ माघ २०७९, १२ : ०८
मङ्गलबार, १७ माघ २०७९

काठमाडौँ । गायक सपन श्रेष्ठ र गायिका लक्ष्मी हमालको स्वर रहेको डान्सिङ गीत ‘आउँसँगै झुमी नाचौँ’ सार्वजनिक भएको छ । गायिका लक्ष्मीकै शब्द, सङ्गीत रहेको गीतमा राहुल प्रधानको एरेन्ज छ ।

भिडियोमा पछिल्लो समयका व्यस्त मोडेल सुधीर श्रेष्ठ र मल्लिका राजोपाध्याय मुख्य भूमिका छ । सँगैसँगै रमाऔँ, आपसी प्रेम तथा सद्भाव बढाऔँ भन्ने मूल भाव बोकेको भिडियो पनि डान्सिङ शैलीमा निर्माण भएको छ । भिडियोमा मोडल मल्लिका निकै हट अवतारमा देखिएकी छन् ।

अहिले युवापुस्तामा वितृष्णा एवं नैराश्य बढिरहेको समय गीतसङ्गीतका माध्यमबाट सकारात्मक ऊर्जा दिने गीत बनाएको गायक श्रेष्ठले बताए । भिडियोको निर्देशन पनि गायक सपना श्रेष्ठले नै गरेका हुन् प्रशान्त तामाङको कोरियोग्राफी र अनिल के मानन्धरको नृत्य रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप