सन् २०२३ मा खुम्चने अर्थतन्त्रको सूचीमा बेलायत
काठमाडौं । अन्तर्राष्ट्रिय मनिटरी फण्ड (आईएमएफ)ले सन् २०२३ मा विश्वको प्रमुख अर्थतन्त्रकारुपमा रहेको बेलायतको अर्थतन्त्र खुम्चने बताएको छ । आईएमएफले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बेलायतको अर्थतन्त्र खुम्चने देखिएको हो ।
बीबीसीका अनुसार आईएमफएले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा बेलायत मात्रै अर्थतन्त्र संकुचनमा पर्ने भएको छ । यस्तै, छिमेकी मुलुकमाथि सैन्य हमला सुरु गरेको रुसको अर्थतन्त्र समेत संकुचनमा जाने छ । यद्यपि, केही समय अघिसम्म विदेशी मुद्राको भण्डारण रित्तिन लागेको अर्थतन्त्र सुधारको बाटोमा देखिएको छ ।
सन् २०२३ मा सुधार भएपनि आगामी दिनमा बेलायतको अर्थतन्त्रले सुधारको बाटो लिने आईएमएफको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनमा भनिएको छ, ‘उन्नत र सबल अर्थतन्त्रमध्ये बेलायतको अर्थतन्त्र मात्रै यो वर्ष संकुचनमा जानेछ ।’ आईएमएफको आँकलन मिलेमा आगामी वर्षमा बेलायतको अर्थतन्त्रमा बेरोजगारहरूको संख्या बढ्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण