सन्दीप लामिछानेलाई थुनामै राख्न माग राखेर सर्वोच्चमा निवेदन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको छ ।
उच्च अदालतको आदेशविरुद्ध मंगलबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको महन्यायाधिवक्ताको कार्यालयका प्रवक्ता (सह–न्यायाधिवक्ता) सञ्जिवराज रेग्मीले रातोपाटीलाई बताए ।
महान्यायाधिवक्ताको कार्यालयले फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ अनुसार बेरितको आदेश बदर गर्न माग गरेको छ ।
उच्च अदालतको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा ७३ नम्बरको निवेदन दर्ता गरिएको रेग्मीले बताए । यसअघि उच्च सरकारी वकिलको कार्यालयले सर्वोच्चमा जानुपर्ने राय महान्यायाधिवक्ताको कार्यालयलाई दिएको थियो ।
पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्त सहित उनलाई रिहा गर्न आदेश दिएका थिए ।
उच्च अदालतले जिल्ला अदालत काठमाडौंले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले
-
काममा फर्किए काठमाडौँ महानगर प्रहरी बल प्रमुख राजु पाण्डे
-
अमेरिकाले फेरि थाल्यो विदेशी विद्यार्थीलाई भिसा दिने प्रक्रिया
-
भिजिट भिसा प्रकरणमा थप सशक्त ढंगले अगाडि बढ्न रास्वपाको निर्देशन
-
रास्वपाले ‘सहकार्य–संवाद’ कार्यदल गठन गर्ने
-
सातै प्रदेशमा रास्वपाले महाधिवेशन केन्द्रीत संगठन अभियान चलाउने