साना उद्यमीलाई इ–कमर्सबारे तालिम
विराटनगर । सानो लगानीमा आफ्नो उद्यम चलाइरहेका उद्यमीहरूलाई इ–कमर्शका माध्यमबाट आफ्नो व्यवसाय प्रवर्द्धन गर्ने सीपबारे तालिम प्रदान गरिएको छ ।
स्वीस सरकार विकास सहयोग (एसडीसी) र संयुक्त राष्ट्रसंघ पुँजी विकास कोष (यूएनसीडीएफ)को आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा नवउद्यमीहरुलाई डिजिटल प्लेटफर्मको प्रयोगबारे तालिम मार्फत तालिम दिइएको हो ।
महासंघका अध्यक्ष टिकाराज ढकालले साना उद्यमीहरूले वर्षौँदेखि चलाइरहेका उद्यमबाट उत्पादित वस्तु तथा सेवालाई नयाँ उपभोक्ताहरू माझ पु¥याउनका लागि तालिम प्रभावकारी रहेको बताए । उनले उत्पादनको परम्परागत रुपमा गरिने बजारीकरणलाई प्रविधि र ज्ञानको प्रयोग गरेर अझ धेरै उपभोक्ता कहाँ पु¥याउन तालिम निकै उपयोगी बन्ने विश्वास व्यक्त गरे ।
तालिममा सिकेका कुरालाई आफ्नो उद्यमलाई अघि बढाउने गरी प्रयोग गर्न पनि अध्यक्ष ढकालले सहभागीहरूलाई आग्रह गरे ।
संयुक्त राष्ट्रसंघ पुँजी विकास कोषका सरोज नेपालले ग्रामीण क्षेत्रमा पनि मोबाइल लगायतका डिजिटल टेक्नोलोजीहरुको प्रयोग बढेका कारण नेपालमा इकमर्सको क्षेत्र बढेको बताए । तालिमबाट साना उद्यमीहरूलाई पनि इकमर्समा प्रवेश गर्न र उत्पादनको प्रवर्द्धन र बजारीकरणमा अघि बढ्न हौसला मिल्ने बताए ।
इकमर्सको क्षेत्र बढेका कारण नेपालमा यसका लागि नीतिहरू पनि बन्दै गएकोले अब हरेक व्यवसायमा यसको प्रभावकारिता हुने नेपालले जानकारी दिए । उनले दुरदराजमा इन्टरनेटको पहुँच बढ्दै गएकोले साना तथा लघु उद्यमीहरूले इन्टरनेट र आफूले चलाइरहेको मोबाइललगायतका डिजिटल उपकरणहरूको माध्यमबाट उत्पादन प्रवर्द्धन गर्न सक्ने बताए । त्यसैका लागि यस्तो तालिमलाई अघि बढाउन सहयोग गरिएको पनि जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय कार्यालयका सहायक निर्देशक हरि पौडेलले उद्यमी व्यवसायीबीच एक अर्काको व्यवसायबारे जानकारी प्राप्त अवसरका रुपमा पनि तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
नेपालमा मोबाइल, आइप्याड, ल्यापटप र अन्य प्रकारका कम्प्युटरजन्य विद्युतीय उपकरणको प्रयोग बढेका कारण इकमर्सको अभ्यास पनि बढ्दै गएको तालिमकी प्रशिक्षक रिया श्रेष्ठले बताए । उनले यस्ता उपकरणहरुलाई मनोरञ्जनात्मक सामग्री हेर्ने माध्यमका रुपमा बढी प्रयोग गर्नुभन्दा उद्यमीहरूले आफ्ना उत्पादनको प्रवर्द्धनमा बढी प्रयोग गर्न सक्नुपर्ने सुझाव दिए । तालिममा मोरङ सहित अन्य जिल्लाका साना तथा लघु र महिला उद्यमीहरू गरी करिब ६० जनाको उपस्थिति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण