बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

प्रेम प्रसादको आत्मदाह : १२ क्षेत्र र व्यक्तिमाथि अनुसन्धान गर्नुपर्ने प्रहरीको निष्कर्ष

अनुसन्धान सकेर सरकारी वकिलसँग राय लिन्छौं– एसएसपी कार्की
मङ्गलबार, १७ माघ २०७९, २१ : २०
मङ्गलबार, १७ माघ २०७९

काठमाडौं । प्रेम प्रसाद आचार्यले आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेको घटनामा प्रहरीले मृतकले उठाएको विषयमा अनुसन्धान गरिरहेको छ । 

आत्मदाह अघि आचार्यले पोष्ट गरेको ६ हजारभन्दा लामो फेसबुक स्ट्याटस र उनको पत्नीले दिएको जाहेरीलाई आधार बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

सोमबार अनुसन्धान अधिकृतहरूले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा गएर गुरुङले करिब ३ घण्टा बयान दिएका हुन् ।

आचार्यले उधारोमा समान लिएर भाटभटेनिले लामो समय पैसा नदिने र सो रकम घुमाएर आफैँले नाफा कमाउने गरेको आरोप लगाएका थिए । मृतकले फेसबुक स्ट्याटसमा भाटभटेनिले आफ्नो उत्पादनको पैसा नदिएको उल्लेख गरेका छन् ।

भाटभटेनी सुपर मार्केट जस्तै १२ प्रकारका क्षेत्र र व्यक्तिहरूमाथि अनुसन्धान गर्नुपर्ने प्रहरीको निष्कर्ष छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीले १२ प्रकारका क्षेत्र र व्यक्तिहरूबारे अनुसन्धान भइरहेको बताए । अनुसन्धान पुरा भएपछि सरकारी वकिल कार्यालयसँग राय लिएर मुद्दा अघि बढाउने जानकारी दिए । उनले भने,‘अनुसन्धान पुरा गरेपछि सरकारी वकिलसँग राय लिन्छौं ।’

प्रहरीले व्यवसायी उपेन्द्र महतोसँग पनि बयान लिएको छ । आचार्यले उपेन्द्र महतो र डा. समता प्रसादले चलाएको नेपाल गाग्रोध्योग कम्पनीलाई आफूले बेचेको घ्यूको पैसा नदिएको आरोप लगाएका थिए ।

गाडी विक्रेता कम्पनी सुजुकीको सिइओ र नक्सालस्थित शान इन्टरनेशल कलेजका अध्यक्ष सुवास आचार्यसँग प्रहरीले बयान लिएको छ ।

भाटभटेनीका सञ्चालकले आफूलाई लगाएको आरोपबारे अभिलेखले देखाउने बताएका छन् । अनुसन्धान अधिकृतसँग गुरुङले भनेका छन्,‘मेरो कम्पनीले पैसा दिएको वा नदिएको कुरा कारोबारको विवरणले देखाउँछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप