मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

प्रेम प्रसाद आचार्य आत्मदाह प्रकरण : उपेन्द्र महतोसँग प्रहरीले लियो बयान

मङ्गलबार, १७ माघ २०७९, १५ : ४३
मङ्गलबार, १७ माघ २०७९

काठमाडौँ । इलामका प्रेम प्रसाद आचार्यद्वारा आत्मदाह र मृत्यु प्रकरणमा प्रहरीले व्यवसायी तथा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोसँग बयान लिएको छ । 

मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँले महतोसँग बयान लिएको हो । आचार्यले आत्मदाहअघिको आफ्नो फेसबुक स्ट्याटसमा महतोको नाम पनि लिएको र यस विषयमा यथार्थ जानकारीका लागि प्रहरीले बयान लिएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले महतोसँग मंगलबार बयान लिइएको पुष्टि गरे । 

आचार्यले उपेन्द्र महतो र डा. समता प्रसादले नेपालमा चलाएको नेपाल ग्रामोध्योग भन्ने कम्पनीलाई आफूले प्रकृति ब्राण्डमा घ्यु बनाएर दिएको उल्लेख गरेका थिए । तर, पछि भुक्तानी दिन अनेक बहानाबाजी गरेको उनले उल्लेख गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप