नेप्सेमा ४ अंकको वृद्धि, कारोबार १ अर्बमा झर्यो
काठमाडौं । तीन दिनसम्मको लगातार गिरावटपछि बुधबार सेयर बजार परिसूचक नेप्सेमा ४ अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ४.९७ अंकले बढ्दै २११६.६५ विन्दुमा उक्लिएको हो ।
यसअघि आइतबार, सोमबार र मंगलबारलगातार ओरालो लागेको नेप्सेमा ७० अंकमाथिको गिरावट आएको थियो ।
तथापि, चौथो दिनमा नेप्से सूचक झण्डै ५ अंकले बढेपनि यता कारोबार भने थप खस्किन पुगेको छ । आज १ अर्ब ७६ करोड ७० लाख रुपैयाँ बराबरको ५० लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन १५ अंकले घटेको बजारमा २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक बाहेक अन्य समूहको उपसूचक धनात्मक भएका छन् ।
आज पनि आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नबिल संवृद्धि फन्डको मूल्य ३.७४ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
-
खाडी मुलुकहरूको पुनर्निर्माणमा इरानी सम्पत्ति प्रयोग गर्न दिने अमेरिकी योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण