प्रेमप्रसादका परिवारलाई रोजगारी र निःशुल्क शिक्षा दिने मोहन बस्नेतको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आत्मदाह गरेर ज्यान गुमाएका इलामका प्रेमप्रसाद आचार्यका श्रीमतीलाई रोजगारी र छोरीहरुलाई निःशुल्क शिक्षा दिने घोषणा गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले आचार्यले राज्य सञ्चालकलाई चुनौती दिँदै आत्मदाह गरेको बताए ।
उनकी श्रीमती नानुका आचार्यलाई रोजगारीको व्यवस्था गर्ने, १२ वर्षकी र ६ वर्षकी छोरीका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्ने जानकारी गराए ।
उनले स्नातक तहसम्म निजी स्कुलमा राखेर निःशुल्क शिक्षा दिने घोषणा गरेका छन् ।
आर्चाय परिवार अहिले काजक्रियाका लागि इलाम रहेको र उताबाट काठमाडौं फर्किएर आएपछि रोजगारी र शिक्षाको व्यवस्था गर्ने बताएका छन् ।
उनले आफूले जुरे पहिरोमा बाँच्न सफल एकजना बालिकालाई नर्स पढाउनका लागि हालसम्म १२ सम्म पठाएको र अब नर्सिङ पढाउने क्रममा रहेको बताए । उनले महानगरपालिकाले मकै पोल्ने गाढा खोसिएका पीडितलाई सहयोग गरेको बताए ।
उनले आत्मदाह गरेका आचार्यले भनेका कुराहरुलाई राज्यले गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण