प्रेमप्रसादका परिवारलाई रोजगारी र निःशुल्क शिक्षा दिने मोहन बस्नेतको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आत्मदाह गरेर ज्यान गुमाएका इलामका प्रेमप्रसाद आचार्यका श्रीमतीलाई रोजगारी र छोरीहरुलाई निःशुल्क शिक्षा दिने घोषणा गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले आचार्यले राज्य सञ्चालकलाई चुनौती दिँदै आत्मदाह गरेको बताए ।
उनकी श्रीमती नानुका आचार्यलाई रोजगारीको व्यवस्था गर्ने, १२ वर्षकी र ६ वर्षकी छोरीका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्ने जानकारी गराए ।
उनले स्नातक तहसम्म निजी स्कुलमा राखेर निःशुल्क शिक्षा दिने घोषणा गरेका छन् ।
आर्चाय परिवार अहिले काजक्रियाका लागि इलाम रहेको र उताबाट काठमाडौं फर्किएर आएपछि रोजगारी र शिक्षाको व्यवस्था गर्ने बताएका छन् ।
उनले आफूले जुरे पहिरोमा बाँच्न सफल एकजना बालिकालाई नर्स पढाउनका लागि हालसम्म १२ सम्म पठाएको र अब नर्सिङ पढाउने क्रममा रहेको बताए । उनले महानगरपालिकाले मकै पोल्ने गाढा खोसिएका पीडितलाई सहयोग गरेको बताए ।
उनले आत्मदाह गरेका आचार्यले भनेका कुराहरुलाई राज्यले गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर