संघीयता कार्यान्वयनमा तीन देशका राजदूतको चासो
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीसँगको तीन देशका राजदूतहरुले शिष्टाचार भेट गरेका छन् । बुधबार विभिन्न ३ देशका राजदूतहरुले मन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा उनीहरुले संघीय निजामति ऐनबारे चासो व्यक्त गरेका छन् ।

सिंहदरवारस्थित मन्त्रालयमा मन्त्री मोदीलाई भेट्न अमेरिकी राजदूत डिएन आर थम्सन, बेलायती राजदूत निकोला पोलिट र स्वीजरल्याण्डको राजदूत एलिजावेथ वन क्यापेलर पुगेका थिए । भेटमा तीनै देशका राजदूतहरुले नेपालमा संघीयता कार्यान्वयनका विषयमा भइरहेको प्रगति र आफूहरुको सहयोगबारे जिज्ञासा राखेका थिए । मन्त्री मोदीले अमेरिका, बेलायत र स्वीजरल्याण्डसँगको नेपालको सम्बन्ध र सहयोगबारे छलफल गरेका छन् ।
मन्त्री मोदीले जारी संसद अधिवेशनमा नै नेपाल सरकारले संघीय निजामती कर्मचारी ऐन ल्याउने तयारी गरिरहेको जानकारी राजदूतहरुलाई दिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ऐन संसदमा पेश गर्ने र कार्यान्वयनको समग्र पाटोको तयारी गर्न कार्यदलसमेत बनाउने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण