पशुपतिनाथ मन्दिर परिसरका पसल हटाउने कोषको चेतावनी
बिहीबार, १९ माघ २०७९, १० : ३०
पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा सञ्चालनमा रहेका पसलेहरुले पर्यटकलाई दुःख दिएको भन्दै बन्द गर्ने चेतावनी दिएको छ ।
कोषले आज एक सूचना जारी गर्दै पसलेहरूले स्वदेशी तथा विदेशी पर्यटकलाई अशिष्ट भाषा बोल्ने, जबरजस्ती तान्ने जस्ता अशोभनीय व्यवहार गर्ने गरेको भन्दै सात दिनभित्र उक्त कार्य बन्द नभएमा उक्त स्थानबाट पसल हटाउने जनाएको हो ।
साथै फूल तथा पूजा सामग्री पसल सञ्चालकले मूल्य एकरुपता कायम गर्न मूल्यसूची सार्वजनिक गरी सबैले देख्ने स्थानमा राख्ने व्यवस्था गर्न पनि कोषले सूचित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण