सबैभन्दा ठूलो भ्रष्टाचार स्वास्थ्य क्षेत्रमा हुन थाल्यो : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ ले अहिले सबैभन्दा ठुलो भ्रष्टाचार स्वास्थ्य क्षेत्रमा देखा पर्न थालेको टिप्पणी गरेका छन् । बिहीबार कपिलवस्तुको शिव गढीमा आयोजित एक कार्यक्रममा बोल्दै विप्लवले सो कुरा बताएका हुन् । महासचिव चन्दले स्वास्थ्य क्षेत्र राज्यले जिम्मा नलिँदा सामान्य रोगबाट समेत जनताको ज्यान गइरहेको बताए ।
‘पैसा हुने जसरी पनि बाँचेका छन् । पैसा नहुने जनता भने सामान्य बिरामी हुँदा मरिराखेका छन् । त्यसैले राज्यसँग हामी लडिराखेका छौँ’ विप्लवले भने, ‘अहिले सबैभन्दा ठुलो भ्रष्टाचार स्वास्थ्य क्षेत्रमा देखा परेको छ । दुःखका साथ भन्नुपर्छ । ठुला ठुला भौतिक संरचना बनाएर स्वास्थ्यमा व्यापारीकरण भइरहेको छ । त्यसैले हामी भन्दै आएका छौँ स्वास्थ्य र शिक्षा राज्यले हेरिदिओस् ।’ बिरामी देखाएर स्वास्थ्य क्षेत्रमा व्यापार भइरहेको विप्लवले बताए ।
‘स्वास्थ्यमा राज्यले जनताको दायित्व लिनुपर्छ । स्वास्थ्य क्षेत्रलाई राज्यले लिन सम्भव पनि छ’ उनले भने, ‘जति विकसित देशहरू छन् ती देशका नागरिकको स्वास्थ्यको जिम्मा लिँदा जनता राज्यप्रति ढुक्क छन् । सकेसम्म जनताले राज्यबाट सेवा पाएका छन् ।’ स्वास्थ्य क्षेत्र राज्यले जिम्मा लिने वातावरण बनाउन सबैले दबाब बढाउनुपर्ने विप्लवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण