पत्रकारितामा क्रियाशील नरहेकालाई सदस्यता त्याग गर्न महासंघको अपील
काठमाडौँ । नेपाल पत्रकार महासंघले हाल पत्रकारितामा क्रियाशील नरहेकालाई आफ्नो सदस्यता त्याग गर्न अपील गरेको छ । महासंघका महासचिव रोसन पुरीको संयोजकत्वमा पूर्वमहाचिव उजिर मगर र पूर्वसचिवद्वय रामप्रसाद दाहाल र धर्मेन्द्र कर्ण सदस्य रहेको ‘सदस्यता शुद्धीकरण समिति’ ले यस्तो आग्रह गरेको हो ।
बिहीबार बसेको समितिको बैठकले साधारण सभाबाट प्राप्त कार्यादेश बमोजिम कार्य अगाडि बढाउने निर्णय गरेको छ । जसअनुसार समितिले महासंघमा आवद्ध सबै सदस्यहरूको अद्यावधिक विवरण संकलन गरी छानबिन गरेरमात्रै सदस्यता नवीकरण, स्थानान्तरण र नयाँ सदस्यताको प्रक्रियालाई अगाडि बढाउने नीति तय गरेको छ ।
यस्तै पत्रकारितामा नरहेका तर महासंघको सदस्यता कायम भएका सबैमा स्वेच्छिक रूपमा अबिलम्ब सदस्यता त्याग गर्न अपील गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
अन्यथा समितिले तयार पारेको सदस्यता शुद्धीकरण मापदण्ड मस्यौदामाथि शाखा, एशोसिएट, प्रदेश र केन्द्रीय समितिसँग आवश्यक परामर्शपछि अन्तिम रुप दिई कडाईका साथ लागू गरिने र त्यसक्रममा विभिन्न कारणले हाल पत्रकारितामा नरहेका तर महासंघको सदस्य कायम रहेको पाइए प्रकृयागत रूपमै सदस्यताको सूचीबाट हटाइने महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण