पत्रकारितामा क्रियाशील नरहेकालाई सदस्यता त्याग गर्न महासंघको अपील

काठमाडौँ । नेपाल पत्रकार महासंघले हाल पत्रकारितामा क्रियाशील नरहेकालाई आफ्नो सदस्यता त्याग गर्न अपील गरेको छ । महासंघका महासचिव रोसन पुरीको संयोजकत्वमा पूर्वमहाचिव उजिर मगर र पूर्वसचिवद्वय रामप्रसाद दाहाल र धर्मेन्द्र कर्ण सदस्य रहेको ‘सदस्यता शुद्धीकरण समिति’ ले यस्तो आग्रह गरेको हो ।
बिहीबार बसेको समितिको बैठकले साधारण सभाबाट प्राप्त कार्यादेश बमोजिम कार्य अगाडि बढाउने निर्णय गरेको छ । जसअनुसार समितिले महासंघमा आवद्ध सबै सदस्यहरूको अद्यावधिक विवरण संकलन गरी छानबिन गरेरमात्रै सदस्यता नवीकरण, स्थानान्तरण र नयाँ सदस्यताको प्रक्रियालाई अगाडि बढाउने नीति तय गरेको छ ।
यस्तै पत्रकारितामा नरहेका तर महासंघको सदस्यता कायम भएका सबैमा स्वेच्छिक रूपमा अबिलम्ब सदस्यता त्याग गर्न अपील गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
अन्यथा समितिले तयार पारेको सदस्यता शुद्धीकरण मापदण्ड मस्यौदामाथि शाखा, एशोसिएट, प्रदेश र केन्द्रीय समितिसँग आवश्यक परामर्शपछि अन्तिम रुप दिई कडाईका साथ लागू गरिने र त्यसक्रममा विभिन्न कारणले हाल पत्रकारितामा नरहेका तर महासंघको सदस्य कायम रहेको पाइए प्रकृयागत रूपमै सदस्यताको सूचीबाट हटाइने महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन