सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी छनोट समितिले सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले निलम्बन फुकुवा गरेसँगै सन्दीप पुनः टीममा परेका हुन् ।
निलम्बन फुकुवासँगै पूर्वकप्तान लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएको क्रिकेट टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले बताए । सन्दीप टिमलाई आवश्यक परेको हुनाले फर्काइएको उनको भनाइ छ ।
‘सन्दीप हामीलाई आवश्यक पर्ने खेलाडी हुन् । उनलाई आजबाट टिममा समावेश गर्ने निर्णय गरेका छौँ । त्यो सन्दीपलाई पनि भनिसकेका छौँ,’ चौधरीले रातोपाटीसँग भने । सन्दीपले बिहीबारै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग कीर्तिपुरमा भेट गरेका थिए । उनले प्रशिक्षण पनि गरेका थिए ।
क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो । केही अघि मात्रै सन्दीप उच्च अदालत पाटनको आदेशले बलात्कार मुद्दामा धरौटीमा रिहा भएका थिए । तर, उनलाई हिरासतमै राखेर कानुनी प्रक्रिया अघि बढाइनु पर्ने भन्दै सर्वोच्च अदालतमा फेरि अर्को रिट निवेदन परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण