सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी छनोट समितिले सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले निलम्बन फुकुवा गरेसँगै सन्दीप पुनः टीममा परेका हुन् ।
निलम्बन फुकुवासँगै पूर्वकप्तान लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएको क्रिकेट टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले बताए । सन्दीप टिमलाई आवश्यक परेको हुनाले फर्काइएको उनको भनाइ छ ।
‘सन्दीप हामीलाई आवश्यक पर्ने खेलाडी हुन् । उनलाई आजबाट टिममा समावेश गर्ने निर्णय गरेका छौँ । त्यो सन्दीपलाई पनि भनिसकेका छौँ,’ चौधरीले रातोपाटीसँग भने । सन्दीपले बिहीबारै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग कीर्तिपुरमा भेट गरेका थिए । उनले प्रशिक्षण पनि गरेका थिए ।
क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो । केही अघि मात्रै सन्दीप उच्च अदालत पाटनको आदेशले बलात्कार मुद्दामा धरौटीमा रिहा भएका थिए । तर, उनलाई हिरासतमै राखेर कानुनी प्रक्रिया अघि बढाइनु पर्ने भन्दै सर्वोच्च अदालतमा फेरि अर्को रिट निवेदन परेको छ ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक
-
कैलाली कारागारमा कैदीबन्दी मृत्यु प्रकरण : सई पक्राउ
-
प्रमुख तीन दलको बैठक स्थगित
-
मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविक : सांसद ढकाल
-
जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु