नारायणीको उत्तरी भङ्गालोमा पानी फर्काउन थालियो
कावासोती । नवलपुर क्षेत्र भएर भग्ने नारायणीको उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको छ । गैँडाकोट नगरपालिकाको पहलमा गैँडाकोट–१७ को शिख्रौलीघाटबाट उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जसँगको समन्वयमा नदीमा डोजर लगाएर उत्तरी भङ्गालोमा नदीको पानीलाई फर्काउन सुरु गरिएको नगरप्रमुख अधिकारीले बताए । शिख्रौली उपभोक्ता समितिका अध्यक्ष उमेश शाहीले पानीको बहाव फर्काउनका लागि आज गिद्देनी पोस्टसम्म काम गरिएको जानकारी दिए ।
यसअघि नारायणी नदीको पानी नदीजन्य पदार्थको उत्खन्नका कारण चितवनतर्फको दक्षिणी भङ्गालोमा मात्रै बग्दा निकुञ्जको सुरक्षा र जैविक विविधतामा गम्भीर असर पर्ने भन्दै यही माघ २ गते र आज राससमा समाचार प्रकाशित भएको थियो ।
चितवनको सेती देवी सामुदायिक वनको आसपास नदीजन्य पदार्थको उत्खनन् गरिँदा नारायणी नदीको पानी ९५ प्रतिशत बढी दक्षिणी भङ्गालोमा बग्न सुरु गरेपछि नवलपुरतर्फका उत्तरी भङ्गालो सुक्खा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण