निर्वाचनमा अन्तर्घात गर्ने नेता-कार्यकर्ताप्रति कठोर बन्दै जसपा
शुक्रबार, २० माघ २०७९, ०८ : ४६
काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालले निर्वाचनको समयमा पार्टीभित्र रहेर अन्तर्घात गर्ने, आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, निर्वाचनको समयमा निष्क्रिय रहने वा असहयोग गर्नेहरूलाई कारबाही गर्ने भएको छ ।
बारा जिल्ला समन्वय समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवले “निर्वाचनमा धोका दिने नेता कार्यकर्तालाई पार्टीमा कुनै स्थान नहुने” बताएका थिए ।
निर्वाचनमा भएका गतिविधिबारे छानबिन गर्न बनेको समितिले अन्तर्घातको आरोपितहरूलाई पत्र काटेरै स्पष्टीकरण लिन थालेपछि निर्वाचनमा अन्तर्घात गर्नेहरूप्रति जसपा कठोर बन्ने सङ्केत देखिएको छ ।
शिवलाल थापा संयोजकत्वको ५ सदस्यीय समितिले केन्द्रीय तहका नेताहरूको छानबिन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
-
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ...
-
लागत बढेपछि चपेटामा किसान
-
संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै इलामपोखरी
-
पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण