युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा
शुक्रबार, २० माघ २०७९, ०९ : १९

युभेन्ट्स कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा लाजियोलाई १–० गोल अन्तरले हराउँदै युभेन्ट्स सेमिफाइनलमा पुगेको हो ।
घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सको जितमा ग्लिसन ब्रेमेरले निर्णायक गोल गरे । खेलको ४४ औं मिनेटमा ब्रेमेरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि अन्तिम समयसम्म दुबै टोलीबाट गोल हुन नसक्दा युभेन्ट्सले जित निकालेको हो ।
अब सेमिफाइनलमा युभेन्ट्सले इन्टर मिलानको सामना गर्नेछ । दुई टोलीबीचको सेमिफाइनलको पहिलो लेग अप्रिल ४ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिथिला संस्कार र संस्कृतिमा बढ्दो तमकझमक
-
जलवायु परिवर्तनले हुने हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ : विज्ञहरू
-
रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त
-
सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरण : युएनडीपी उपाध्यक्ष
-
अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित : ट्रम्प
-
दासढुङ्गामा मदन–आश्रित स्मृतिसभा