साफ यू–२० महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै
साफ यू–२० महिला च्याम्पियनसिप आजबाट ढाकामा सुरु हुँदैछ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दैछ ।
नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकालदै नेपाल सुखद सुरुवात गर्ने योजनामा छ । आयोजकसँग नै जित निकाल्दै मनोबल बढाउने योजनामा नेपाल हुनेछ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक यम गुरुङले पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा आफूहरु सुखद सुरुवात गर्ने लक्ष्य भएको बताएका छन् । उनले टिमले उत्कृष्ट प्रदर्श नर्गे कुरामा आफू विश्वस्त भएको बताए ।
नेपालले प्रिती राईको कप्तानीमा प्रतियोगिता खेल्दैछ । प्रतियोगिताको पहिलो खेलमा भारत र भुटान भिड्नेछन् । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागि छन् । नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
-
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
-
सुशासनमा बालेन सरकारका सय दिन
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण