साफ यू–२० महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै

साफ यू–२० महिला च्याम्पियनसिप आजबाट ढाकामा सुरु हुँदैछ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दैछ ।
नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकालदै नेपाल सुखद सुरुवात गर्ने योजनामा छ । आयोजकसँग नै जित निकाल्दै मनोबल बढाउने योजनामा नेपाल हुनेछ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक यम गुरुङले पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा आफूहरु सुखद सुरुवात गर्ने लक्ष्य भएको बताएका छन् । उनले टिमले उत्कृष्ट प्रदर्श नर्गे कुरामा आफू विश्वस्त भएको बताए ।
नेपालले प्रिती राईको कप्तानीमा प्रतियोगिता खेल्दैछ । प्रतियोगिताको पहिलो खेलमा भारत र भुटान भिड्नेछन् । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागि छन् । नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर