हेमन्तको ‘पिरती’मा चाहाना र नीशा
शुक्रबार, २० माघ २०७९, १२ : ०६
काठमाडौँ । गायक तथा सारङ्गी वादक हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘पिरती’ सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द तथा सङ्गीत रहेको गीतमा गायक स्वयमकै एरेन्ज छ ।
गीतको भिडियोमा हेमन्त, विजय पुन, नीशा मगर र चाहाना मगरको अभिनय छ । पर्यटकीय नगरी घान्द्रुकमा छायाङ्कन भएको भिडियोमा माछापुछ्रे, अन्नपूर्ण हिमश्रृखला समेत देख्न सकिन्छ ।
प्रेममा रमाएका दुई जोडीको रोमान्टिक प्रेमकथा भिडियोमा देखाउन खोजिएको छ । भिडियोका निर्देशक मौसम हिमाली हुन् । नवीन घर्तीमगरको सम्पादन, पवन सुसलिङको छायाङ्कन रहेको भिडियो गायक रसाइलीको आधिकारिक युट्युबबाट ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण