विपक्षी गठबन्धनको बैठक सिंहदरबारमा जारी
शनिबार, २१ माघ २०७९, १० : २१
काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक सिंहदरबारमा जारी छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरूको बैठक बसिरहेको हो ।
राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई सर्वसम्मत हुन नदिने तथा विपक्षी गठबन्धनको तर्फबाट उम्मेदवार तय गर्न बैठक बसेको हो । बैठकमा कांग्रेस, एकीकृत समाजवादी, लोसपालगायतका दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ ।
लामो समय देखी रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष २३ माघमा गर्ने सङ्घीय संसद् सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ ।
प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसम्मत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण