शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
गजल

सुझाव गाली लाग्न थाल्यो

शनिबार, २१ माघ २०७९, १५ : ४८
शनिबार, २१ माघ २०७९

मलाई अरूले उछिनेपछि ताली लाग्न थाल्यो
कसरी हारौँ म आफैँसँग कहाली लाग्न थाल्यो ।

औकात नहुनेहरू पनि कुरा काट्न थाले हेर्नुस्
बाच्छो लखेट्न तम्सियो मृग ओराली लाग्न थाल्यो ।

न हातमा हतियार रह्यो न बदनमा जोस् यहाँ
सहास सकिएपछि सुझाव गाली लाग्न थाल्यो ।

पौडन जान्दैमा केही सप्रिदैँन समय बिग्रिएपछि
तालमा जाल पर्यो खोलामा दुवाली लाग्न थाल्यो ।

हेर्नुस् डाहाँ गर्नेहरूले अस्तित्व जोगाइराखेका छन् मेरो
पानी जमिरह्यो जब फैलावट रोक्न आली लाग्न थाल्यो ।

विजयखर्क, खोटाङ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय राज
विजय राज
लेखकबाट थप