गजल
सुझाव गाली लाग्न थाल्यो
शनिबार, २१ माघ २०७९, १५ : ४८
मलाई अरूले उछिनेपछि ताली लाग्न थाल्यो
कसरी हारौँ म आफैँसँग कहाली लाग्न थाल्यो ।
औकात नहुनेहरू पनि कुरा काट्न थाले हेर्नुस्
बाच्छो लखेट्न तम्सियो मृग ओराली लाग्न थाल्यो ।
न हातमा हतियार रह्यो न बदनमा जोस् यहाँ
सहास सकिएपछि सुझाव गाली लाग्न थाल्यो ।
पौडन जान्दैमा केही सप्रिदैँन समय बिग्रिएपछि
तालमा जाल पर्यो खोलामा दुवाली लाग्न थाल्यो ।
हेर्नुस् डाहाँ गर्नेहरूले अस्तित्व जोगाइराखेका छन् मेरो
पानी जमिरह्यो जब फैलावट रोक्न आली लाग्न थाल्यो ।
विजयखर्क, खोटाङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण