साइबेरिएन चरा, नवराज र गरिबी
उताका चराचरहरू जाडो छल्न भनी यताको बालुवा तटमा आए
यताका चरारचरीहरू गरिबी छल्न भनी बालुवाखानी पलायन भए
फरक यति हो साबेरियन चरा हेर्न स्वदेशमा लर्काे लाग्दा
यताका कैयौँ चराचरी मध्यपूर्व खाडीमा कहिल्यै नफर्कने गरी गए
................
निमुखा जन अरबको बालुवाखानीमा बेतनका लागि पिल्सिँदा
सन्तती र बाउआमाको खातिर ५० डिग्रीको तातोमा झिल्सिँदा
झसङ्ग हुन्छन् देखेर नवराज (खान्दानको पैरवी, लुवाइ र खुवाइले
रातो–तातो अनुहार भो खाडी जाँदा लाएको ऋणले किल्चिँदा
................
यताका चराचरी दुई गाँस खान र एकसरो लाउन सङ्घर्ष गर्दा
खाडीको ऋण तिर्न नसकी तातो घाममा उफ ! अकालमा मर्दा
नवराजहरू सत्तामा लुछाचुँडी गर्दै तेरो मेरो भनी लाप्पा खेल्दै छन्
जनजीविका हेर्दैन, हेर्छन् मात्र आफ्नै कोठा, झ्याल–ढोकाको पर्दा
................
कठै यताका चराचरीले देखेको सपना सात सालदेखिको अधुरो
ठम्याएनन् नवराजहरूले गरिब, निमुखा, दुःखीको पीरको चुरो
तान्दैछन्, च्यात्दैछन नवराजहरू उही चरारचरीको उम्रेको पखेटा
चढे राजकीय सत्तामा नव–नवराजहरू समाई निमुखाको जुरो
बैतेश्वोर–४, दोलखा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण