बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी विद्यार्थी युनियन : लुम्बिनी प्रदेशमा पंकज यादवको अध्यक्षतामा समिति गठन

शनिबार, २१ माघ २०७९, १७ : ०४
शनिबार, २१ माघ २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध समाजवादी विद्यार्थी युनियन नेपालको लुम्बिनी प्रदेशस्तरीय भेला सम्पन्न भएको छ । कपिलवस्तुको चन्द्रौटामा शनिबार सम्पन्न भेलाले पंकज यादवको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरेको छ । 

समितिकिो उपाध्यक्षमा विवेकराज भट्टराई, पूजा यादव, राजु यादव र मुख्य सचिवमा मो. इरफान मन्सुरी र सचिवमा वसन्त प्रकाश यादव रहेका छन् । जनता समाजवादी पार्टी, नेपालका प्रदेश अध्यक्ष अशोक यादव प्रमुख अतिथि रहेको भेलामा  प्रदेश सदस्य शिवपुजन यादव, समाजवादी विद्यार्थी युनियनकी केन्द्रीय उपाध्यक्ष रीता यादव लगायतको सहभागिता रहेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप