शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डर्टमण्डको फराकिलो जित

आइतबार, २२ माघ २०७९, ०९ : १७
आइतबार, २२ माघ २०७९

बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले फ्रेईवर्गलाई ५–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन निको स्लोटरबेक, करिम एडियमी, सेबास्टियन हालेर,जुलियन ब्रान्ट र जियोभानी रेयानाले एक एक गोल गरे ।

फ्रेईवर्गका लुकास होलेरले एक गोल फर्काए । पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको डर्टमण्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

यता फ्रेइवर्ग खेलको १७औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।  किलिन सिल्दियाले रातो कार्ड खाएर मैदान बाहिरिएका थिए ।

जितसँगै डर्टमण्ड १९ खेलमा ३७ अंक जोडेर डर्टमण्ड तेस्रो स्थानमा रहेको छ । यता फ्रेइवर्ग ३४ अंक जोडेर छैटौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप