डर्टमण्डको फराकिलो जित
आइतबार, २२ माघ २०७९, ०९ : १७
बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले फ्रेईवर्गलाई ५–१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन निको स्लोटरबेक, करिम एडियमी, सेबास्टियन हालेर,जुलियन ब्रान्ट र जियोभानी रेयानाले एक एक गोल गरे ।
फ्रेईवर्गका लुकास होलेरले एक गोल फर्काए । पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको डर्टमण्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।
यता फ्रेइवर्ग खेलको १७औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । किलिन सिल्दियाले रातो कार्ड खाएर मैदान बाहिरिएका थिए ।
जितसँगै डर्टमण्ड १९ खेलमा ३७ अंक जोडेर डर्टमण्ड तेस्रो स्थानमा रहेको छ । यता फ्रेइवर्ग ३४ अंक जोडेर छैटौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
-
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
-
सुशासनमा बालेन सरकारका सय दिन
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण