एट्लेटिको बराबरीमा रोकियो
आइतबार, २२ माघ २०७९, ०९ : ३१
एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेमा एट्लेटिकोले गेटाफेसँग १–१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा एट्लेटिकोले सुरुवाती अग्रता लिएको थियो । एक गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो ।
एट्लेटिकोले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । खेलको ६० औं मिनेटमा एन्जल कोरेयाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
यता गेटाफेका लागि खेलको ८३ औं मिनेटमा इनेस उनलले पेनाल्टीबाट गोल गर्दै १–१ गोलको बराबरीमा फर्काए । बराबरीसँगै एट्लेटिकोले २० खेलमा ३५ अंक जोडेर तालिकाको चौंथो स्थानमा छ । गेटाफे १८ अंक जोडेर १९ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
-
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
-
सुशासनमा बालेन सरकारका सय दिन
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण