सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक संसद्मा पेश गर्न सांसद पौडेलको माग
आइतबार, २२ माघ २०७९, १५ : ५५
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई हालसम्म संसदमा नल्याउनु गम्भीर विषय भएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद पौडेलले उक्त विधेयक संसद्मा ल्याउनु पर्ने बताए । उनले अध्यादेश बनाएर पेश गर्न पनि माग गरेका छन् ।
उनले भने,'हिजो यो विषयमा अध्यादेश बनाएर पेश गरियो, सम्माननीय राष्ट्रपतिबाट जारी भएन, यो आज पुनः फास्ट ट्रयाकबाट अस्थायी समाधान खोजेर मात्र पुग्दैन, अन्तर्राष्ट्रिय जगतलाई विश्वस्त बनाउने र आन्तरिक सुधार, भ्रष्टाचारको अन्त्य, हुण्डी निवारण लगायतका विषयका लागि कडा कानुन निर्माण गरेर राइट ट्रयाक खोजियोस्।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण