वर्तमान सरकारका प्रधानमन्त्री ओली नै हुन् भन्ने मेरो निष्कर्ष छः चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नभइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ओलीका सबै भनाइहरु सुन्दा आफूले उनी नै प्रधानमन्त्री रहेको निष्कर्ष निकालेको बताए । उनले प्रधानमन्त्री दाहाललाई काँग्रेसले पुस २६ गते विश्वासको मत दिएसँगै ओली आतंकित भएको बताए ।
उनले अध्यक्ष ओलीका कुराहरु गणतन्त्र र २०६२/०६३ को आन्दोलनका उपलब्धिका लागि हानीकारक रहेको बताए । उनले पूर्व प्रधानमन्त्री र पूर्व सभामुखहरुलाई पनि बोल्ने समय तोक्नुपर्ने बताए ।
उनले भने, ‘२०६४ तिर की कता हो, पूर्व प्रधानमन्त्री र सभामुखले जति बोलेपनि हुने, पूर्वप्रधानमन्त्री एक जना नाम अहिले नलिऔँ, उहाँले ३९ मिनेट बोल्नुभयो, त्यतिबेला र आफ्नो भाषणा छोड्ने बेलामा मेरा दुई शब्द यही टुंग्याउँछु भनेर छोड्नुभयो, बोल्ने बेलामा ३९ मिनेट बोल्ने, त्यसैले सभामुखज्यु, पूर्वप्रधानमन्त्रीहरु र सभामुखहरुले जति बोल्नुहुन्छ, त्यत्ति समय दिनु हुँदैन, उहाँहरुलाई पनि समय निश्चित गर्नुपर्छ । आजको बोलिबाट मैले त्यही पहिलेको ०६४ कै पूर्वप्रधानमन्त्रीले ३९ मिनेट फटफटाएर मेरो दुई शब्द यहीँ टुंग्याउँछु भन्ने । अर्को अघि पूर्वप्रधानमन्त्रीले जे कुरा गर्नुभयो, नयाँ आएका साथीहरुलाई आश्चर्य लाग्नसक्छ । उहाँले रनभुल पार्न सक्नुहुन्छ । हामी त संसदमा पहिल्यैदेखि छौँ नि । उहाँलाई देखेका छौँ, सरकारमा, संसदमा बसेका छौँ । उहाँले जे जति आकाश पाताल जोडेर कुरा गर्नुभयो, त्यसको मुख्य कारण नेपाली काँग्रेसले राष्ट्रपतिमा जुल्कीहुल्की गरेको हुनाले सातोपुत्लो गएको छ, मुख्यकुरा त्यही हो । प्रवासीहरुको बारेमा गोहीको आँशु बगाउनुभयो, हामीले शुरुदेखि नै प्रवासीले नोट काम लाग्ने मताधिकार दिनुपर्छ भनेका थियौँ, उहाँले गोहीका आँशु निकाल्नुभयो । मैले के निस्कर्ष निकालेको छु भने अहिलेका प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल होइन, उहाँ नै हो । उहाँलाई चिन्ता पुष्पकमलले सहमतिमा जानुपर्छ भन्दा २६ गते नै आतंकित हुनभएको छ । अहिले उहाँले गरेका कुरा गणतन्त्र र २०६२÷०६३ को आन्दोलनका उपलब्धिका लागि हानीकारक छ ।’
सांसद केसीले एमाले अध्यक्ष ओलीले आप्रवासी नेपालीको समस्याका बारेमा आज आएर गोहीको आँशु बगाएको भन्दै व्यंग्य गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण