एकीकृत समाजवादीले अर्को फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने
आइतबार, २२ माघ २०७९, १८ : ४७
काठमाडौं । नेकपा एकीकृत समाजवादीले २०८० फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे प्रस्ताव गरिएको र उक्त प्रस्ताव पारित हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यस्तै बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी संगठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गर्ने नेता खतिवडाले बताए ।
बैठकको समापन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीले समाजवादको झण्डा बुलन्द गरेको भन्दै पार्टी समाजवादी बाटोबाट बाहिर नजाने बताए ।
‘जनताको समस्या कसरी सम्बोधन गर्ने भनेर प्रस्ट दृष्टिकोणका साथ जान्छौ’, अध्यक्ष नेपालको भनाइ छ । उनले गत निर्वाचनमा पार्टीले नौ लाख मत पाएको भनेपनि वास्तविक मत ५,६ लाखमात्रै रहेको आफूले अहिले थाहा पाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण