शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

खेल प्रशिक्षकहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

मङ्गलबार, २४ माघ २०७९, ०६ : ४०
मङ्गलबार, २४ माघ २०७९

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

माघ १७ गते देखि सुरु भएको तालिममा काठमाडौँ, ललितपुर र भक्तपुरमा कार्यरत ४८ स्थायी सहायक प्रशिक्षकहरूको सहभागिता रहेको थियो । प्रशिक्षार्थीहरूलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले प्रमाण पत्र प्रदान गरे ।

सात दिनसम्म चलेको तालिममा सहभागीहरूलाई प्रशिक्षकहरू हिमाल दाहाल, सञ्जय महर्जन, खेलबिज्ञ रिता प्रजापति, राजेन्द्र तुलाधर र फिजियो लक्ष्मण अधिकारीले विविध विषयको प्रशिक्षण  प्रदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप