साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भारतबीच आज प्रतिस्पर्धा हुँदै
मङ्गलबार, २४ माघ २०७९, ०९ : ०७
बङ्गलादेश । बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउन्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतको सामना गर्दैछ ।
ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र भारतबीचको खेल दिउँसो २ः४५ बजे शुरु हुनेछ । नेपाललाई फाइनल पुग्नका लागि भारतविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ । नेपाल २ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा छ ।
नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण