शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भारतबीच आज प्रतिस्पर्धा हुँदै

मङ्गलबार, २४ माघ २०७९, ०९ : ०७
मङ्गलबार, २४ माघ २०७९

बङ्गलादेश  । बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउन्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतको सामना गर्दैछ ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र भारतबीचको खेल दिउँसो २ः४५ बजे शुरु हुनेछ । नेपाललाई फाइनल पुग्नका लागि भारतविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ । नेपाल २ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा छ ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप