राष्ट्रियसभा उपनिर्वाचनपछि लुम्बिनी प्रदेश सरकार विस्तार हुने

बुटवल । राष्ट्रिय सभाको उपचुनाव लगत्तै लुम्बिनी प्रदेश सरकार विस्तार गर्ने तयारी भएको छ । निर्वाचनपछि सरकार विस्तार गर्नको मुख्यमन्त्री लीला गिरीले सत्ता साझेदार दलका नेताहरूसँग भेटघाट गरेका छन् ।
साता रहेका दलहरुसँगै प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री गिरीका बीचमा पनि भेटघाट भएको छ । सरकार विस्तार, सरकारको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा मुख्यमन्त्री गिरीले साझेदार दलहरूसँग छलफल गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री गिरीले पहिलो निर्णय नै मन्त्रालयको सङ्ख्या घटाउने गरी प्रदेशमा १० मन्त्रालय रहनेछन् । अहिले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री गिरी,एमालेका चेतनारायण आचार्य माओवादीकी कृष्णा केसी मात्रै रहेका छन् ।
उनीहरूलाई विना विभागीय मन्त्रीको रूपमा राखिएको छ ।यसअघि माओवादी दलका नेता जोखबहादुर महरा मातृ शोकमा परेका कारणले केही दिन रोकिएको राष्ट्रिय सभाको एक सिटका लागि हुने चुनाव बुधबार घोराहीमा हुनेछ ।
एमालेबाट कुमार दसौदी, काँग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक सञ्जालले आर्थिक विकासमा टेवा पुग्छ : मन्त्री ज्वाला
-
महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ
-
पाकिस्तानमा हिन्दु डाक्टरको गोली हानेर हत्या
-
भारतमा फेरि बढे कोरोनाका बिरामी, सचेत रहन डब्ल्युएचओको आग्रह
-
सुडानमा सुन खानी भत्किँदा १० जनाको मृत्यु
-
नुवाकोटमा टाटासुमो दुर्घटना, २ जनाको निधन, ११ जना घाइते