सहिदका सन्तानको अभिभावक राज्य हो : लुम्बिनी सभामुख

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले मुलुक परिवर्तनका लागि चलेको दश वर्षे जनयुद्धका सहिदको अभिभावक नै राज्य रहेको बताएका छन् ।
सहिद स्मृति आवासीय माध्यामिक विद्यालयको दसौं वार्षिक उत्सवको अवसरमा पसभामुख घर्तीले उक्त अभिव्यक्ति दिएका हुन् ।
सभामुख घर्तीले मुलुक परिवर्तनका सहादत प्राप्त गरेका महान सहिदका सन्नततिहरुको अभिभावक नै राज्य रहेकाले अभिभावकविहीन सहित सन्ततिको संरक्षण गर्नुपर्ने दायित्व राज्य रहेको बताए ।
सहिदको योगदानले नै मुलुकमा परिवर्तन आएको औल्याउँदै उनले परिवर्तनका लागि सहिद भएकाहरुको उच्च सम्मान गर्दै सहिद र उनका सन्नततिका सपना पुरा गर्न राज्य गम्भीर रहेको बताएका थिए ।
सहिदहरुको सम्मानमा नेपालभर ५ वटा सहिद स्मृति विद्यालयहरु स्थापना भएसँगै सहिदका सन्नततिहरुको शिक्षामा केही सहजता भए पनि अझै पनि उनीहरुले उच्च शिक्षा पाउन सकेका छैनन् ।
सहिद सन्तानहरुको शिक्षाका लागि तत् योजना निर्माण गरी सहिद र उनका सन्नततिको सपना र भविष्य निर्माणमा लाग्नुपर्ने घर्तीको भनाइ थियो ।
सहिद स्मृति आवासीय माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हेमराज शर्मा ‘डायमण्ड’को अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य दामा शर्मा लगायतले सहिद परिवारको शिक्षामा जोड दिएका थिए ।