साथीको नामको फेसबुक आइडी बनाएर ठगेको आरोपमा युवती पक्राउ
मङ्गलबार, २४ माघ २०७९, २२ : ०९
काठमाडौं । सामाजिक संजाल दुरुपयोग गरेर ठगेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले २० वर्षीया युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको रामधुनी गाउँपालिका घर भएर काठमाडौं बस्ने स्वस्तिका श्रेष्ठ उर्फ युनिसा छिन् ।
अष्ट्रेलियामा बस्ने केटी साथीको नाममा फेसबुक आइडी बनाएर युनिसाले केटा साथी बनाएर ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।
विभिन्न बहाना बनाएर उनले आफ्नो बैंक खाता तथा वालेटहरुमा पैसा पठाउन लगाएर सम्पर्क विहीन हुने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीलाई थप अनुसन्धान र कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले साइबर ब्युरोमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण