साथीको नामको फेसबुक आइडी बनाएर ठगेको आरोपमा युवती पक्राउ
मङ्गलबार, २४ माघ २०७९, २२ : ०९

काठमाडौं । सामाजिक संजाल दुरुपयोग गरेर ठगेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले २० वर्षीया युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको रामधुनी गाउँपालिका घर भएर काठमाडौं बस्ने स्वस्तिका श्रेष्ठ उर्फ युनिसा छिन् ।
अष्ट्रेलियामा बस्ने केटी साथीको नाममा फेसबुक आइडी बनाएर युनिसाले केटा साथी बनाएर ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।
विभिन्न बहाना बनाएर उनले आफ्नो बैंक खाता तथा वालेटहरुमा पैसा पठाउन लगाएर सम्पर्क विहीन हुने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीलाई थप अनुसन्धान र कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले साइबर ब्युरोमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पौडेल छलफलमा उपस्थित नभएको भन्दै आपत्ति
-
आगलागी भएको मखनमा सुनिता : ग्यास कम्पनीहरूको प्रभावकारी अनुगमन गर्ने
-
गर्मीको बहार, खर्बुजाको व्यापार (तस्बिरहरू)
-
चालु खर्च ६५ प्रतिशतलाई ३५ मा झार्ने गरी बजेट ल्याउनुस् : जनार्दन शर्मा
-
एमालेसँग मुख्यमन्त्रीहरूको प्रश्न– सङ्घीय निर्वाचन क्षेत्रमा २१ करोड रूपैयाँका योजनाको चर्चा के हो ?
-
सिरियामाथिको प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा