हेल्मेटमा लुकाएको १८ लाखसहित दुईजना पक्राउ
काठमाडौं । पर्साको बीरगञ्जबाट सशस्त्र प्रहरी बलको टोलीले हेल्मेटभित्र लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको १८ लाख बरामद गरेको छ ।
सो रकम बोकेर आउने दुईजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा भारत घर भएका २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रसंजित कुमार छन् ।
सशस्त्र प्रहरी बल नम्बर–१३ गण पर्साबाट खटिएका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया नेतृत्वको टोलीले सो रकम बरामद गरेको हो । आरोपीहरुको साथबाट १८ लाख नेपाली सहित २ हजार भारतीय रुपैयाँ पनि बरामद गरिएको छ ।
वीरगन्ज महानगरपालिका १६ स्थित वीरगन्ज रक्सौल सडक खण्डबाट पक्राउ परेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली भेटिएको थियो । उनीहरूले नेपाली रुपैयाँको श्रोत खुलाउन सकेका छैनन् ।
आरोपीहरूलाई थप अनुसन्धान गर्न सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण