साफ महिला यु–२० को फाइनलमा नेपाल र बङ्गलादेश भिड्दै
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाल र घरेलु टोली बङ्गलादेश भिड्ने छन् ।
बङ्गलादेशले ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा उक्त फाइनल भिडन्त हुनेछ । सोमबार नेपालले भारतलाई हराएर फाइनल प्रवेशको ऐतिहासिक मौका पाएको थियो ।
गत मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बङ्गलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बङ्गलादेश भिड्न लागेका हुन् ।
यस जितसँग तीन खेलमा सात अङ्क जोडेको बङ्गलादेश शीर्ष स्थानमा रह्यो भने तीनकै खेलमा पराजय बेहोरेको भुटान अङ्क विहीन हुँदै बाहिरिए पछि बङ्गलादेश फाइनलमा पुगेको हो ।
भुटानसँग बङ्गलादेशको यो जितसँगै उता भारत भने बाहिरिनु परेको थियो भने भारतले तीन खेलमा सात अङ्क जोडे पनि फाइनलमा प्रवेश गर्न भने पाएन ।
भारतलाई हराएर आएको नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेशबीचको खेल रोमाञ्चक हुने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
-
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
-
सुशासनमा बालेन सरकारका सय दिन
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण