बेलायतद्वारा रुसमाथि नयाँ प्रतिबन्धको घोषणा
बेलायत । युक्रेन युद्धको विषयलाई लिएर बेलाइतले रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेको छ । बेलायतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रुसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गरेका हुन् । युक्रेनका राष्ट्रपति जेलेन्स्की बेलायती प्रधानमन्त्री ऋषि सुनक र राजा चार्ल्ससँग भेटघाट गर्न बेलायत पुग्नु भएको छ ।
उनले बेलाइतको संसद्लाई सम्बोधन गर्ने कार्यक्रमका बीच यो घोषणा भएको हो । यो घोषणा युक्रेन विरुद्ध ड्रोन जस्ता विभिन्न किसिमका सैन्य उपकरणहरू उपलब्ध गराउने छ वटा संस्थाहरू, कुलीन आठ व्यक्तिहरू र एउटा संस्था विरुद्ध केन्द्रित हुनेछ। बेलायती विदेश मन्त्री क्लिभरलीले यो प्रतिबन्धले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनलाई थप आर्थिक दबाब पर्ने बताएका छन् ।
'यी नयाँ प्रतिबन्धहरूले पुटिनमाथिको आर्थिक दबाबलाई थप बलियो बनाउने छ । युक्रेनलाई विजयी बनाउन मद्दत गर्न र रुसलाई कमजोर पार्न म दृढ छु । यी कुराहरू हाम्रो कानुनसँग मेल खान्छन्।' उनले भने।
यो लागू प्रतिबन्ध सीएसटी, ड्रोन निर्माता, आरटी-कम्प्लेक्ट, द्वन्द्वमा प्रयोग हुने हेलिकप्टरका पार्टपुर्जाहरू बनाउँने कम्पनी र अन्य सैन्य उपकरणहरूको ढुवानी व्यवस्थापन गर्ने ओबोरोनोलोजिस्टि, एन्टी-एयरक्राफ्ट मिसाइल निर्माणसँग सम्बन्धित छ । त्यसै गरी सैन्य उड्डयनमा संलग्न सफ्टवेयर कम्पनी टोपाज लगायतलाई पनि बेलाइतले प्रतिबन्ध लगाएको छ ।
यसका अतिरिक्त कुलीन लक्षित व्यक्तिहरूमा बोरिस टिटोभ, निकोले एगोरोभ, सर्गेई रुडनोभ, स्वेतलाना क्रिभोनोगिख र विक्टर म्याचिन रहेका छन् । यसबाहेक, बेलायत सरकारले प्रतिबन्ध लगाएका व्यक्तिहरूमा एलेक्सी रेपिक, इभजेनी स्कोलोभ र पावेल टिटोभ समावेश छन् । रुस-युक्रेन युद्ध विगत एक वर्षदेखि निरन्तर जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण