शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फागुन महिनामा बैंकको ब्याजदर नबढ्ने

बिहीबार, २६ माघ २०७९, १५ : २७
बिहीबार, २६ माघ २०७९

काठमाडौं । आगामी फागुन महिनाका लागि बैंक ब्याजदर नबढ्ने भएको छ । 

नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले फागुन महिनाका लागि निक्षेपको ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो । हाल बैंकहरुको साधारण मुद्दतीको ब्याजदर ११ प्रतिशत रहेको छ ।

यद्यपि, राष्ट्र बैंकबाट हुँदै गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले नीतिगतदरहरुमा हुनसक्ने सम्भावित परिवर्तनहरूमा भने ख्याल गरिने संघले जनाएको छ । 

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा भोलि शुक्रबार गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको समीक्षाकै लागि राष्ट्र बैंकले भोलि बिहान सञ्चालक समितिको बैठक बोलाएको छ ।

गत सोमबार मात्र राष्ट्र बैंक छ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप