फागुन महिनामा बैंकको ब्याजदर नबढ्ने
बिहीबार, २६ माघ २०७९, १५ : २७
काठमाडौं । आगामी फागुन महिनाका लागि बैंक ब्याजदर नबढ्ने भएको छ ।
नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले फागुन महिनाका लागि निक्षेपको ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो । हाल बैंकहरुको साधारण मुद्दतीको ब्याजदर ११ प्रतिशत रहेको छ ।
यद्यपि, राष्ट्र बैंकबाट हुँदै गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले नीतिगतदरहरुमा हुनसक्ने सम्भावित परिवर्तनहरूमा भने ख्याल गरिने संघले जनाएको छ ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा भोलि शुक्रबार गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको समीक्षाकै लागि राष्ट्र बैंकले भोलि बिहान सञ्चालक समितिको बैठक बोलाएको छ ।
गत सोमबार मात्र राष्ट्र बैंक छ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण