दोधारा चाँदनीमा छिट्टै सुक्खा बन्दरगाह बन्छ : मन्त्री भण्डारी
कञ्चनपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह छिट्टै निर्माण हुने बताएका छन् । आज कञ्चनपुरको बेलौरीमा औद्योगिक व्यापार मेला तथा बेलौरी पर्यटन महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले सुक्खा बन्दरगाह र सुदूरपश्चिममा रहेका औद्योगिक क्षेत्रको काम छिट्टै अगाडि बढ्ने बताएका हुन् ।
“सुदूरपश्चिमको विकासको ढोका खुल्ने सुक्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्रको काम अगाडि बढाउन प्रधानमन्त्रीज्यू स्थलगत अवलोकनमा आउँदै हुनुहुन्छ”, मन्त्री भण्डारीले भने, “यहाँ उत्पादन गरेको वस्तु छिमेकी मुलुक भारतमा बिक्री गर्ने बाटो खोल्ने गरी काम अगाडि बढाउँछौँ ।” उनले सुदूरपश्चिममा रहेका खानीको उत्खननका लागि पनि सम्भाव्यता अध्ययन गर्ने बताए ।
“नेपाल भारत पारवहनको विषयमा पहल गरिरहेका छौँ”, उनले भने, “दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भए नेपालमा उत्पादित वस्तु निर्यात र बाह्य मुलुकबाट आयातका लागि सहज हुनेछ ।” उनले बेलौरीमा रहेको भन्सार सञ्चालनमा ल्याउनसमेत पहल गर्ने बताए ।
बेलौरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष टेकबहादुर साउदले दक्षिणी क्षेत्रको आर्थिक, कृषि, औद्योगिक विकासका लागि महोत्सव आयोजना गरेको बताए । “कोरोना महामारीका कारण थलिएको व्यापार व्यवसाय मेलाले चलायमना हुने अपेक्षा राखेका छौँ”, उनले भने, “यो महोत्सवले स्थानीय उत्पादन प्रवद्र्धनमा सहयोग पुग्ने छ ।” महोत्सवमा एक सय स्टलमा विभिन्न व्यावसायिक तथा कृषिउपजका सामग्री राखिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण