लोसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बदलिँदो राजनीतिक परस्थिति, राष्ट्रपतिको चुनाव, संगठन निर्माण लगायतका विषयमा छलफल गर्न लोसपाले फागुन १० गतेको कार्यकारिणी समितिको बैठक बोलाएको हो । बैठकमा छलफल हुने विषय शीर्ष नेताहरुले तय गरिसकेका छन् । फागुन २५ गते हुने राष्ट्रपतिको चुनावका विषयमा धारणा बनाउन बैठक बस्ने लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए ।
लोसपाले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने तयारी गरिरहेको छ । यस विषयमा सो पार्टीले अन्य दलहरुसँग अनौपचारिक छलफल सुरु गरिसकेको छ । बैठकले यसबारेमा औपचारिक निर्णय गर्ने बताइएको छ ।
बैठकले केन्द्रीय समितिको बारेमा पनि निर्णय गर्ने बताइएको छ । लोसपा गठन भएको डेढ वर्षभन्दा बढी भइसक्दा पनि हालसम्म केन्द्रीय समिति बनेको छैन । प्रदेशबाट केन्द्रीय समितिका सदस्यहरुको नाम आइसकेको छ । नेताहरुले त्यसलाई अन्तिम रुपमा दिने तयारी गरिरहेका छन् । कार्यकारिणी समितिको बैठकले यसलाई अन्तिम रुप दिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण