शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लोसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

शुक्रबार, २७ माघ २०७९, १० : ४३
शुक्रबार, २७ माघ २०७९

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बदलिँदो राजनीतिक परस्थिति, राष्ट्रपतिको चुनाव, संगठन निर्माण लगायतका विषयमा छलफल गर्न लोसपाले फागुन १० गतेको कार्यकारिणी समितिको बैठक बोलाएको हो । बैठकमा छलफल हुने विषय शीर्ष नेताहरुले तय गरिसकेका छन् । फागुन २५ गते हुने राष्ट्रपतिको चुनावका विषयमा धारणा बनाउन बैठक बस्ने लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए ।

लोसपाले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने तयारी गरिरहेको छ । यस विषयमा सो पार्टीले अन्य दलहरुसँग अनौपचारिक छलफल सुरु गरिसकेको छ । बैठकले यसबारेमा औपचारिक निर्णय गर्ने बताइएको छ ।

बैठकले केन्द्रीय समितिको बारेमा पनि निर्णय गर्ने बताइएको छ । लोसपा गठन भएको डेढ वर्षभन्दा बढी भइसक्दा पनि हालसम्म केन्द्रीय समिति बनेको छैन । प्रदेशबाट केन्द्रीय समितिका सदस्यहरुको नाम आइसकेको छ । नेताहरुले त्यसलाई अन्तिम रुपमा दिने तयारी गरिरहेका छन् । कार्यकारिणी समितिको बैठकले यसलाई अन्तिम रुप दिने बताइएको छ ।

    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप