‘बुलाकी’ को टिजरमा के छ ?
काठमाडौँ । नयाँ वर्ष अर्थात अगामी वैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’को टिजर सार्वजनिक गरिएको छ ।
झण्डै दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन, रीतिथिति, जारीप्रथा तथा पारिवारिक सम्बन्धमा आउने आरोहअबरोह देखाउन खोजिएको छ ।
लक्ष्मण सुनार निर्देशित फिल्म टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्ट मुख्य भूमिका छ ।
रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइकाको समेत अभिनय फिल्ममा छ ।
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको फिल्म शिव ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन रहेको फिल्म डोल्पा, जाजरकोट र रुकुम पश्चिमका बिकट स्थानहरुमा खिचिएको छ । फिल्मको वितरण त्रिनेत्रम् र एफडी गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण