सडक र पूर्वाधार निर्माण निकायबीच समन्वय सुरु
काठमाडौं । काठमाडौं उपत्यकास्थित सडक र पूर्वाधार निर्माणसँग सम्बन्धित निकायहरूको साझा प्रतिनिधित्व रहेको समन्वय समितिको नियमित बैठक शुक्रबार भौतिक पूर्वाधार र यातायात मन्त्रालयमा सम्पन्न भएको छ।
एकीकृत बागमती सभ्यता, विद्युत् प्राधिकरण, सडक डिभिजन, महानगर, सडक विभाग, केयुकेएल, मेलम्ची खानेपानी, खानेपानी संस्थान, नेपाल टेलिकम, इन्टरनेट सेवाप्रदायक कम्पनीलगायतले सडक तथा सार्वजनिक ठाउँमा निर्माणसम्बन्धी काम गर्दा र समयमै निर्माण फिनिसिङ नगर्दा जनताले सास्ती भोग्नुपरेपछि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको पहलमा साझा संयन्त्रका रुपमा समन्वय समिति बनाइएको थियो।
समितिले तिनकुनेस्थित बागमती पुल र बिजुलीबजार–धोबीखोला पुलमुनिको करिडोर तत्काल सुचारु गर्न प्रभावकारी समन्वय गर्नेछ। विद्युत् प्राधिकरणबाट सञ्चालित आयोजनाहरूको काम सकिएपछि सडकलाई पुरानै अवस्थामा पुर्याउन समन्वय गर्नेछ। उपत्यकाभित्र सञ्चालनमा रहेका प्रदेश सरकारका आयोजनाहरूको कार्यान्वयन गर्न समन्वय गर्नेछ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमक्ष कुन निकायले कहाँ काम गर्दै छ भन्नेबारे रिपोर्टिङ गर्नेछ।
अबदेखि उपत्यकामा सडक तथा पूर्वाधार निर्माण गर्दा सम्बन्धित निकायले काम सुरु गर्नु पहिले समितिलाई जानकारी गराउनुपर्नेछ र समन्वय समितिले कहाँ, कुन निकायले, के गरिरहेका छन् भन्नेबारे मन्त्रालयमा दैनिक रिपोर्टिङ गर्नुपर्ने छ । कुनै निकायले अर्को निकायको जानकारी बिना नै सडक खन्ने, तार वा पाइप भूमिगत गर्ने, ढल खन्ने, फुटपाथ भत्काउने गर्दा सर्वसाधारणलाई ओहोरदोहोरमा सास्ती पुगेको, सडक जीर्ण भएको, निर्माण सामग्री भद्रगोल अवस्था छाड्ने गरेको, बजेटको दुरुपयोग हुने गरेको र समयमै काम नसकिको जस्ता समस्या अन्त्यको लागि समन्वय समितिले काम सुरु गरिसकेको छ।
उपप्रधानमन्त्री श्रेष्ठले हरेक १५ दिनको नियमित बैठकमा आउँदा समस्या होइन, समस्याको पहिचान र समाधान भैसकेको फेहरिस्त लिएर आउन समितिलाई आग्रह गरे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर डा। विजय जैसीको संयोजकत्वमा गठित समितिमा काठमाडौं महानगरपालिकाबाट सुरेशकुमार राई, उपत्यका विकास प्राधिकरणबाट सज्जन कुँवर, ललितपुर महानगरबाट कुमार महर्जन, बागमती सभ्यता एकीकृत विकास समितिबाट मिहिरचन्द्र आचार्य, पिआइडीबाट रवीन्द्र पोखरेल, विद्युत् प्राधिकरणबाट राजन ढकाल, नेपाल टेलिकमबाट प्रकाश मानन्धरलगायत सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण