शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

फिफा वर्ष खेलाडीको अन्तिम तीनमा मेसी, एमबाप्पे र बेन्जेमा

शनिबार, २८ माघ २०७९, ०९ : ०४
शनिबार, २८ माघ २०७९

काठमाडौँ । लियोनेल मेसी, केलियन एमबाप्पे, करिम बेन्जेमा द वेस्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा परेका छन् ।  फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिममा तीन जनाको नाम तय भएको हो ।

सन् २०२१ अगस्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरूलाई छनोट गरिएको हो ।  सन २०१८ वाट सुरु भएको यो अवार्डका लागि मेसी अन्तिम तीनमा पर्न एक पटक मात्र असफल भएका खेलाडी हुन । 

यी तीन मध्ये सन् २०१९ मा अर्जेन्टिनाका कप्तान मेसीखेलकले द वेस्ट फिफा अवार्ड जितिसकेका छन् । मेसी मनोनयनमा नपरेको २०१८ को संस्करणमा लुका मोड्रिचले जितेका थिए भने पछिल्लो दुई सिजन रोर्बेटो लेवान्डोस्कीले द वेस्ट फिफा अवार्ड जितेका छन् । 

तर, यस वर्षको उत्कृष्ट खेलाडी मनोनयनमा रोनाल्डो भने मनोनयनमा परेनन् । यसअघि उनी प्रायः पर्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप