साताको सेयर बजार – ८८ अङ्क बढ्यो, साढे १२ अर्बको कारोबार
काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८८ अङ्कले बढेर बन्द भएको छ । नेप्सेमा ४ प्रतिशतभन्दा धेरैको वृद्धि आएसँगै परिसूचक २१८२ अङ्कमा पुगेर रोकिएको छ । गत साताको शुक्रबार नेप्से परिसूचक २०९४ अङ्कमा कायम थियो ।
यो साता ५ दिन नेप्से कारोबार भएको थियो । जसमध्ये ४ दिन नेप्से परिसूचक बढेसँगै ४ प्रतिशतभन्दा बढीको सुधार आएको हो । साताका ५ दिनमध्ये बुधबार मात्रै नेप्सेमा गिरावट आएको थियो । यसक्रममा यो साता साढे १२ अर्ब बढीको कारोबार भएको छ ।
गत साताभर १३ अर्ब बढीको कारोबार भएको थियो । जुन, यो सातामा भएको कारोबारको तुलनामा ५० करोड बढी हो । परिसूचक बढेसँगै बजार पुँजीकरण समेत बढेको छ । यो साता बजार पुँजीकरण १ खर्ब २७ अर्ब रुपैयाँ बढेर २१ खर्ब ४९ अर्ब रुपैयाँ कायम भयो ।
गत साता नेप्सेको कूल बजार पुँजीकरण ३० खर्ब २२ अर्ब रुपैयाँ थियो । यसका साथै, यो साता सेन्सेटिभ इन्डेक्स ४.२८ प्रतिशत बढेको छ भने फ्लोट इन्डेक्स ४.२४ प्रतिशतले बढेको छ । यस्तै, सेन्सेटिभ इन्डेक्स ४.६३ प्रतिशत बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण