साताको सेयर बजार – ८८ अङ्क बढ्यो, साढे १२ अर्बको कारोबार

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८८ अङ्कले बढेर बन्द भएको छ । नेप्सेमा ४ प्रतिशतभन्दा धेरैको वृद्धि आएसँगै परिसूचक २१८२ अङ्कमा पुगेर रोकिएको छ । गत साताको शुक्रबार नेप्से परिसूचक २०९४ अङ्कमा कायम थियो ।
यो साता ५ दिन नेप्से कारोबार भएको थियो । जसमध्ये ४ दिन नेप्से परिसूचक बढेसँगै ४ प्रतिशतभन्दा बढीको सुधार आएको हो । साताका ५ दिनमध्ये बुधबार मात्रै नेप्सेमा गिरावट आएको थियो । यसक्रममा यो साता साढे १२ अर्ब बढीको कारोबार भएको छ ।
गत साताभर १३ अर्ब बढीको कारोबार भएको थियो । जुन, यो सातामा भएको कारोबारको तुलनामा ५० करोड बढी हो । परिसूचक बढेसँगै बजार पुँजीकरण समेत बढेको छ । यो साता बजार पुँजीकरण १ खर्ब २७ अर्ब रुपैयाँ बढेर २१ खर्ब ४९ अर्ब रुपैयाँ कायम भयो ।
गत साता नेप्सेको कूल बजार पुँजीकरण ३० खर्ब २२ अर्ब रुपैयाँ थियो । यसका साथै, यो साता सेन्सेटिभ इन्डेक्स ४.२८ प्रतिशत बढेको छ भने फ्लोट इन्डेक्स ४.२४ प्रतिशतले बढेको छ । यस्तै, सेन्सेटिभ इन्डेक्स ४.६३ प्रतिशत बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निराश हुनुहुँदैन, निराशाले आत्महत्या गराउँछ : गृहमन्त्री लेखक
-
सातै प्रदेशमा सेज स्थापनाको तयारी, पाँचखालमा भैँसी पाल्ने योजना
-
संसद्मा जेठ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर
-
कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने
-
रुपन्देहीमा राप्रपा जिल्ला उपाध्यक्षद्वारा पार्टीबाट राजीनामा*
-
दक्षिण कोरियामा एनओसी खोल्न माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र