सेफ्टीट्याङ्कीमा फसेको गैँडाको उद्धार
शनिबार, २८ माघ २०७९, १३ : ४५
चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिङ्गे गैँडालाई सेफ्टीट्याङ्कीबाट उद्धार गरिएको छ । होटलको सेफ्टीट्याङ्कीमा खसेको गैँडालाई निकुञ्जका कर्मचारी र स्थानीयले उद्धार गरेका हुन् । आहारको खोजीमा बस्ती पसेको गैँडा स्थानीय होटलको सेफ्टीट्याङ्कीमा फसेको थियो । आज बिहान २ बजे फसेको सो गैँडालाई बिहान ४ बजे उद्धार गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
स्काभेटरको प्रयोग गरेर घाउचोट लाग्न नदिइ गैँडाको उद्धार गरिएको उनले बताए । अन्दाजी १६ वर्षको सो गैँडालाई निकुञ्जले दुई वर्षअघि मेघौलीबाट उद्धार गरी ल्याएको थियो । सो गैँडा हरेक रात आहारको खोजीमा बस्ती प्रवेश गर्ने गरेको छ । राप्ती नदीतर्फबाट बस्ती छिर्न खोज्दा गैँडा सेफ्टीट्याङ्कीमा फसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण