शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

‘गीतकार गिरीको ‘आभारी छु’ बोलको गजल सार्वजनिक

शनिबार, २८ माघ २०७९

लन्डन । ‘भ्यालेन्टाइन डे’ को अवसरमा प्रेमीकाप्रति समर्पित गर्दै  गीतकार दीप गिरीको एउटा नयाँ गजल ‘आभारी छु’ सार्वजनिक भएको छ । वरिष्ठ संगीतकार राजु सिंहको संगीत रहेको यस गीतमा गायक आनन्द कार्कीले आवाज रहेको छ  भने चांद सिंहले एरेन्जरको भूमिका निर्वाह छन् ।

मोहन कुमार झिल्लुको  छायाँकन रहेको श्रव्यदृश्यमा अनिल कुमार महर्जनको सम्पादन रहेको छ । हाल बेलायतमा बस्दै आएका गिरीले यस अघि पनि सुन केशरी, फुटेको ऐना, मौका नै दिएनौ, चारै दिशा, मन खाने माया, रातकी रानी’ लगायतका आधा दर्जन बढी गीत सार्वजनिक गरिसकेका छन् ।

 आनन्द कार्कीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक ‘आभारी छु’ बोलको गजललाई सुनेर सल्लाह सुझाव र प्रतिक्रिया दिन गीतकार गिरीको आग्रह छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया