फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
सारांश
- नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्यमा प्रति क्रेट १५ रुपैयाँले वृद्धि गरेको छ ।
- नयाँ मूल्य सूची अनुसार एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ, ठुलो अण्डा ५४५ रुपैयाँ, मिडियम अण्डा ५१५ रुपैयाँ पुगेको छ ।
- सानो अण्डाको मूल्य प्रति पेटी ३ हजार रुपैयाँ तोकिएको छ ।
काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य फेरि बढाएको छ ।
सङ्घले चितवनलाई आधार मानेर तय गरेको नयाँ मूल्यसूची अनुसार प्रमुख साइजका अण्डाहरूमा प्रति क्रेट १५ रुपैयाँले वृद्धि भएको छ ।
नयाँ मूल्य जेठ २३ गतेदेखि लागू हुनेछ । यसअघि सङ्घले जेठ १२ गतेदेखि लागू हुने गरी मूल्य तोकेको थियो ।
पछिल्लो ११ दिनको अन्तरालमा अण्डाको मूल्य यसरी बढेको छ । एक्सएल अण्डा पहिले प्रतिक्रेट ५४५ रुपैयाँ रहेकोमा अब १५ रुपैयाँ बढेर ५६० रुपैयाँ पुगेको छ ।
ठुलो अण्डा पहिले प्रतिक्रेट ५३० थियो, अब १५ रुपैयाँ बढेर ५४५ रुपैयाँ पुगेको छ । यस्तै मिडियम अण्डा पहिले ५०० रुपैयाँ थियो, अब १५ रुपैयाँ बढेर ५१५ रुपैयाँ पुगेको छ ।
यसैगरी सानो अण्डाको मूल्य प्रति क्रेट नभई प्रति पेटी ३ हजार रुपैयाँ तोकिएको छ । यसअघि सानो अण्डा प्रतिक्रेट ४०० रुपैयाँ रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण