१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
काठमाडौँ । नेपालका सुलभ चौधरी र अंकिता पाण्डेले १८ औं इन्डो–नेपाल खुला कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । मित्रपार्कस्थित आयोजक टेक्सास इन्टरनेसनल कलेजको हलमा शुक्रबार भएको प्रतिस्पर्धामा एकल कातातर्फ पुरुषमा सुलभ र महिलामा अंकिता पहिलो हुँदै स्वर्ण जित्न सफल भएका हुन् ।
पुरुषतर्फको स्पर्धामा भारतका मोहम्मद ताहसिन उद्दिन अन्सारीले रजत पदक जितेका छन् । यसैगरी नेपालका निश्चल राई र भारतका दर्शित राठीले कांस्य पदकमा चित्त बुझाए ।
नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा सञ्चालित यस प्रतियोगिताको महिला एकल कातातर्फ नेपालकी अनुज्ञा अधिकारी दोस्रो हुँदै रजत पदक जित्न सफल भइन् । सोही विधामा भारतका सुहाना शाह र नभोलग्न बरिकले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक प्राप्त गरे ।
प्रतियोगिताको आयोजक टेक्सास इन्टरनेसनल कलेजका प्रिन्सिपल डा. श्यामसुन्दर श्रेष्ठले एक विशेष कार्यक्रमका बीच उद्घाटन गरेका थिए । यस अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका २ सय ३२ र भारतका २२ गरी कुल २ सय ५४ जना खेलाडीहरूले सहभागिता जनाएका छन् ।
गोजुकाइ कराते डो संघका महासचिव एवं प्रतियोगिताका संयोजक इन्द्रबहादुर शाही खड्गेका अनुसार प्रतियोगितामा पुरुष र महिलातर्फ एकल कातासहित समान ११–११ वटा स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिताको अन्तिम दिन शनिबार बाँकी रहेका सम्पूर्ण स्पर्धाहरूको सेमिफाइनल र फाइनल खेलहरू सञ्चालन हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण