मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आज यी चार प्रदेशमा हिमपातको सम्भावना

आइतबार, २९ माघ २०७९, ०६ : ०८
आइतबार, २९ माघ २०७९

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल प्रदेश एक, गण्डकी,  कर्णाली र सुदूर पश्चिम प्रदेशका  पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रहेको छ। 

आज दिउँसो प्रदेश एक, गण्डकी,  कर्णाली र सुदूर पश्चिम प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको छ। राति प्रदेश एकको  उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

हिमपातको सम्भावना रहेको स्थानमा र तराईका केही भू-भागमा हुस्सु लाग्ने भएकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप