शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आइतबार, २९ माघ २०७९, ०६ : २३
आइतबार, २९ माघ २०७९

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन  नयाँ बानेश्वरमा आज दिउँसो ३ बजे बैठक सुरु हुनेछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची  रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०७९-८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनेछन् भने सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

53566

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप