सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शनिबार ‘ह्यारीकी प्यारी’ ले कस्तो पायो दर्शक ?

आइतबार, २९ माघ २०७९, ०८ : २४
आइतबार, २९ माघ २०७९

काठमाडौंँ । गत शुक्रबार रिलिज भएको जीतु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ह्यारीकी प्यारी’ले रिलिजको दोस्रोसाताको शनिबार दर्शकको राम्रोसाथ आएको छ । शनिबार फिल्मले लाबिम मल, ओम सिनेमा, भक्तपुर क्युएफएक्स, केएल टावरलगायतका धेरै स्टेशनमा हाउसफुल दर्शक पाएको छ ।

अन्य हलमा ५० देखि ६० प्रतिशत अकुपेन्सी रहेको कलाकार जीतुले जानकारी दिए । फिल्मको ‘वर्ड अफ माउथ’ पब्लिसिटीले गर्दा फिल्मको ब्यवसायमा सकारात्मक प्रभाव परिरहेको जीतुको धारणा छ ।

शनिबार जीतुले अभिनेत्री साम्राज्ञी, अभिनेता विजय बराल र निर्देशक कपिल रिजाल सहित लाबिम मल, भक्तपुर क्युएफएक्स र वान सिनेमाजमा पुगेर दर्शक प्रतिक्रिया लिएका थिए । सो अवसरमा दर्शकले फिल्म मनपरेको र आफ्नो अभिनय समेत राम्रो लागेको बताएको जीतुले सुनाए । ‘मेरो फिल्मको ओपनिङ बम्बर .नभएपनि दर्शक भने राम्रो पाइरहेको छ । परिवारसहित हेर्नेको संख्या ठुलो छ’ जीतुले भने ।

गत २० गते शुक्रबार रिलिज भएको फिल्मले दोस्रो शुक्रबारसम्म ८५ लाख ग्रस कलेक्सन गरिसकेको छ । आज शनिबारको व्यापारिक रिपोर्टसँंगै फिल्मले करोडको आँकडा छुने अनुमान गरिएकोछ ।

फरक पृष्ठभूमिका दुई व्यक्तिबीचको सम्झौताको विवाहले जीवनमा आउँने परिवर्तनको कथा भन्ने ब्यक्त गर्ने फिल्ममा जीतु र साम्राज्ञी पहिलो पटक जोडीको रुपमा देखिएका छन् । जीतु, साम्राज्ञी र विजयसँंगै फिल्ममा  लक्ष्मी गिरी, सुवाष गजुरेल, रञ्जना भट्टराई, सरला रिजाल लगायतका कलाकारको अभिनय छ ।

फिल्मका निर्देशक डा. कपिल रिलिज हुन् भने निर्माता डा. भोला रिजाल हुन् । बिआर प्रोडक्सनको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप