शनिबार ‘ह्यारीकी प्यारी’ ले कस्तो पायो दर्शक ?
काठमाडौंँ । गत शुक्रबार रिलिज भएको जीतु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ह्यारीकी प्यारी’ले रिलिजको दोस्रोसाताको शनिबार दर्शकको राम्रोसाथ आएको छ । शनिबार फिल्मले लाबिम मल, ओम सिनेमा, भक्तपुर क्युएफएक्स, केएल टावरलगायतका धेरै स्टेशनमा हाउसफुल दर्शक पाएको छ ।
अन्य हलमा ५० देखि ६० प्रतिशत अकुपेन्सी रहेको कलाकार जीतुले जानकारी दिए । फिल्मको ‘वर्ड अफ माउथ’ पब्लिसिटीले गर्दा फिल्मको ब्यवसायमा सकारात्मक प्रभाव परिरहेको जीतुको धारणा छ ।
शनिबार जीतुले अभिनेत्री साम्राज्ञी, अभिनेता विजय बराल र निर्देशक कपिल रिजाल सहित लाबिम मल, भक्तपुर क्युएफएक्स र वान सिनेमाजमा पुगेर दर्शक प्रतिक्रिया लिएका थिए । सो अवसरमा दर्शकले फिल्म मनपरेको र आफ्नो अभिनय समेत राम्रो लागेको बताएको जीतुले सुनाए । ‘मेरो फिल्मको ओपनिङ बम्बर .नभएपनि दर्शक भने राम्रो पाइरहेको छ । परिवारसहित हेर्नेको संख्या ठुलो छ’ जीतुले भने ।
गत २० गते शुक्रबार रिलिज भएको फिल्मले दोस्रो शुक्रबारसम्म ८५ लाख ग्रस कलेक्सन गरिसकेको छ । आज शनिबारको व्यापारिक रिपोर्टसँंगै फिल्मले करोडको आँकडा छुने अनुमान गरिएकोछ ।
फरक पृष्ठभूमिका दुई व्यक्तिबीचको सम्झौताको विवाहले जीवनमा आउँने परिवर्तनको कथा भन्ने ब्यक्त गर्ने फिल्ममा जीतु र साम्राज्ञी पहिलो पटक जोडीको रुपमा देखिएका छन् । जीतु, साम्राज्ञी र विजयसँंगै फिल्ममा लक्ष्मी गिरी, सुवाष गजुरेल, रञ्जना भट्टराई, सरला रिजाल लगायतका कलाकारको अभिनय छ ।
फिल्मका निर्देशक डा. कपिल रिलिज हुन् भने निर्माता डा. भोला रिजाल हुन् । बिआर प्रोडक्सनको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
-
लालीबजारमा कला, जात र शरीरको राजनीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण