नक्कली सवारी चालक अनुमति पत्रसहित एक महिला ट्राफिक प्रहरीको नियन्त्रणमा
आइतबार, २९ माघ २०७९, २० : २१
काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्रसहित ललितपुरको पुलचोकबाट एक महिलालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीको पोखरा घर भई हाल ललितपुरको नखिपोट बस्दै आएकी ३५ वर्षीया कञ्चन गुरुङलाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
गुरुङमाथि चेक गर्दा अरूको नाममा रहेको दुईवटा सवारी चालक अनुमति पत्र फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ ।
गुरुङलाई २ थान सवारी चालक अनुमति पत्र र स्कुटरसहित थप अनुसन्धान तथा कारवाहीका लागी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन पठाइएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
-
भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश शर्मालाई सर्वोच्च अदालतमा स्वागत
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण