आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नक्कली सवारी चालक अनुमति पत्रसहित एक महिला ट्राफिक प्रहरीको नियन्त्रणमा

आइतबार, २९ माघ २०७९, २० : २१
आइतबार, २९ माघ २०७९

काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्रसहित ललितपुरको पुलचोकबाट एक महिलालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

कास्कीको पोखरा घर भई हाल ललितपुरको नखिपोट बस्दै आएकी ३५ वर्षीया कञ्चन गुरुङलाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

गुरुङमाथि चेक गर्दा अरूको नाममा रहेको  दुईवटा सवारी चालक अनुमति पत्र फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ ।

गुरुङलाई २ थान सवारी चालक अनुमति पत्र र स्कुटरसहित थप अनुसन्धान तथा कारवाहीका लागी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन पठाइएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप